कोरियामा रहेका नेपाली कामदारको तलब बढ्यो

दक्षिण कोरियामा कामदारको तलब बढेको छ । कामदारको न्यूनतम तलब बढेसँगै त्यहाँ कार्यरत नेपाली कामदारको पनि तलब पढ्ने भएको छ । 

सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशत वृद्धि गरेको हो । 

अब कोरियामा कामदारले प्रतिघण्टा ९१६० कोरियन वन पाउने छन् । यसअघि ८७२० वन थियो । अब दैनिक ८ घण्टा काम गर्ने कामदारले १९ लाख १४ हजार ४४० वन तलब पाउने छ । जुन नेपाली रुपैयाँ करिब २ लाख हो । 

यो दैनिक ८ घण्टा सातामा ५ दिन काम गर्ने कामदारले पाउने तलब  हो । त्यस बाहेकको समयमा गरेको कामको अतिरिक्त ज्याला  आउँछ । 
यो लागू भने २०२२ जनवरीबाट मात्रै हुन्छ । 

 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ११:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया