बझाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

बझाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्।

बालिका बलात्कार गरेको आरोपमा जिल्लाको जयपृथ्वी नगरपालिका-७ का ६१ वर्षीया जगदीश जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । 

प्रहरीका अनुसार असार १८ गते घरमा कोही नभएको मौका छोपेर बालिकालाई मिठाइँ दिन्छु भन्दै फकाएर आफ्नै कोठामा लगेर बलात्कार गरेको बुझिएको छ । 

बालिकालाई जबरजस्ती करणी गरेको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएपछि असार २७ गते आइतबार जोशीलाई प्रहरीले पक्राउ गरेको हाे । 

आइतबार पक्राउ परेका जोशीमाथि जबरजस्ती करणीको मुद्धा दर्ता गरी घटनाको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ११:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया