इंग्ल्यान्डका कप्तान ह्यारी केनले सामाजिक सञ्जाल मार्फत आफ्ना खेलाडीमाथि भएको रंगभेदी दुर्व्यवहार निन्दा गर्दै त्यस्ता व्यक्ति इंग्ल्यान्डको समर्थक हुनै नसक्ने बताएका छन् ।
इटालीविरुद्ध आइतबार राति भएको युरो कप फाइनलमा पेनाल्टी चुकाएका मार्कस रासफोर्ट, जाडोन साञ्चो र बुकायो साकालाई लक्षित गर्दै समाजिक सञ्जालमा रंगभेद टिप्पणीहरू आएका थिए ।
तीनै खेलाडीले गोल गर्न नसक्दा घरेलु मैदान वेम्बली स्टेडियममा खेल ३–२ ले गुमाउँदै इंग्ल्यान्डले उप विजेतामा चित्त बुझाएको थियो ।
केनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘तीनै खेलाडी उत्कृष्ट थिए र उनीहरू समर्थनका लागि योग्य छन् । यदि सामाजिक सञ्जाल मार्फत कसैलाई कुनै पनि दुर्व्यवहार गर्नु हुन्छ भने तपाईँ इंग्ल्याडको समर्थक हुनै सक्नुहुन्न र हामीलाई त्यस्ता व्यक्तिको आवश्यक छैन ।’
यी खेलाडीलाई भएको रंगभेदी दुर्व्यवहार गर्नेविरुद्ध लन्डन प्रहरीले अनुसन्धान गरिरहेको छ । यस घटनाको इंग्ल्यान्ड फुटबल संघले पनि निन्दा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।