नेपाललाई कोरोना भाइरस विरुद्धको खोप दिने जापानको घोषणा

जापान सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले अस्ट्राजेनिकाको खोप दिने घोषणा गरेका हुन् । 

जापानले नेपालसहित बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका र अन्य प्यासिफिक आइसल्याण्ड राज्यलाई १ करोड १० लाख डोज खोप कोभ्याक्स सुविधामार्फत दिने घोषणा गरेको हो । 

जापानले जुलाई भित्रमा उक्त खोप सम्बन्धित देश पठाइसक्ने योजना रहेको मन्त्री मोटेगीले जानकारी दिएको जापान टाइम्सले उल्लेख गरेको छ । 

जापानले इण्डोनेसिया, ताइवान र भियतनामलाई १०/१० लाख डोज खोप पठाउँदैछ । उक्त खोप बिहीबारसम्म सम्बन्धित देशमा पठाइने बताइएको छ । जापानले सबै देशहरूलाई कोभ्याक्स सुविधामार्फत नै खोप उपलब्ध गराउन लागेको हो । 

यसअघि अमेरिकाले पनि नेपाललाई कोभ्याक्स सुविधामार्फत १५ लाख ३४ हजार भन्दा बढी डोज खोप उपलब्ध गराएको थियो । अहिलेसम्म नेपालमा अनुदानमा र नेपालले खरिद गरेर ६५ लाख ४८ हजार भन्दा बढी डोज खोप पाइसकेको छ । 
 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १३:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया