भारतीय क्रिकेटर यशपाल शर्माको निधन

भारतीय क्रिकेटर तथा सन् १९८३ को विश्व विजेता यशपाल शर्माको निधन भएको छ । शर्माको हुदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको हो ।

शर्माले भारतका लागि ३७ टेस्ट खेलमा १६०६ रन बनाएका थिए ।  उनी सन् १९८३ को विश्व कपको हिरो थिए ।

प्रतियोगिताको सुरुवातदेखि नै उनको भूमिका उल्लेखनीय थियो । 

सुनील गावसकर यशपाल शर्मालाई मुश्किल समयका ब्याट्म्यान भन्ने गर्दथे  । टिम जब संकटमा आउँथ्याे तब उनी दृढ विश्वासका साथ डटेर खेल्थे । 

उनले भारतीय टिमकाे सेलेक्टरकाे रूपमा पनि काम गरेका थिए । 

शर्माकाे निधनले विशेष गरी खेल जगत स्तब्धित भएकाे छ । शर्माको निधनमा विभिन्न खेलाडी, कलाकार तथा राजनीतिज्ञले समवेदना प्रकट गरेका छन् । 
 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १५:१८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया