टोकियो ओलम्पिकमा नेपालको झन्डा गौरिकाले बोक्ने

जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिक उद्घाटनमा नेपालको झन्डा गौरिका सिंहले बोक्ने भएकी छन् । 

ओलम्पिकमा पौडीबाज गौरिकाले नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको हो । 

जुलाई २३ देखि अगस्त ८ सम्म जापानको टोकियोमा हुने ओलम्पिकमा ३३ खेलका ३३९ विधा समेटिएको छ । यसमा करिब ११ हजार खेलाडी सहभागी हुनेछन् । 

५ खेलाडी र ४ प्रशिक्षकसहित २६ सदस्यीय नेपाली टोलीले टोकियो ओलम्पिकमा सहभागिता जनाउने ओलम्पिक कमिटिले जनाएको छ । 

पौडीका गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार, जुडाकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । 
 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १६:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया