नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल गठनको तयारी गरेका छन् ।
सुरुमा सानो आकारको मन्त्रिमण्डलको तयारी गरेका देउवाले गठबन्धनमा आबद्ध दलहरुसँग छलफल अघि बढाइरहेका छन् ।
आफ्नै पार्टी कांग्रेसभित्र पनि कसरलाई मन्त्री बनाउने भन्नेबारे देउवाले छलफल गरिरहेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्दियाका सांसद सञ्जय गौतम र मोरङका मीनेन्द्र रिजाललाई मन्त्रीका लागि सिफारिस गरेको स्रोतले बताएको छ ।
देउवाले आफ्नै समूहबाट भने ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।