बजेटमा रहेको त्रुटि सच्याउने मुख्यमन्त्रीको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी आर्थिक वर्ष ०७८–०७९ को बजेटमा रहेका त्रुटि सच्याउने प्रतिबद्धता जनाएपछि दुई दिनदेखि अवरुद्ध रहेको प्रदेशसभा बैठक सुचारु भएको छ । 

प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आर्थिक वर्ष ०७८–०७९ को बजेटमा त्रुटि रहेको स्वीकार गर्दै सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

प्रतिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्न थालेपछि मुख्यमन्त्रीले जवाफ दिँदै बजेट सच्याउने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘आवश्यक समन्वय अभावमा बजेटमा सबैको आकांक्षाबमोजिम योजना समावेश भएको छैन । म विश्वास दिलाउन चाहन्छु, यसलाई मन्त्रिपरिषदबाट सुधार गरिनेछ ।’

बजेटमा राखिएको ५ अर्बभन्दा बढी अबण्डा रकमको विषयमा बोल्दै मुख्यमन्त्री राउतले सबै पक्षलाई समेटेर पारदर्शी रुपमा त्यो रकमलाई बण्डा बनाइने बताए । ‘अबण्डा रकम गलत ढंगले वितरण गरिने छैन’ उनले प्रतिपक्ष दललाई विश्वास दिलाए । उनले बजेट सर्वसम्मत रुपमा पास गर्न अनुरोध गरे । 

मुख्यमन्त्री राउतले संसद पुनःस्थापना गर्ने अदालतको फैसलालाई स्वागत समेत गरे ।

आर्थिक वर्ष ०७८–७९ को बजेट मन्त्रीमुखी भएको भन्दै एमाले र माओवादी केन्द्रका प्रदेशसभा सदस्यले दुई दिनदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका थिए ।





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १८:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया