देउवालाई बधाइ दिँदै गगनले भने : चुक्ने सुविधा छैन, चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुस्

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका छन् । 

प्रधानमनत्रीको शपथ लिएलगत्तै गगनले देउवालाई बधाइ दिएका हुन् । उनले संविधान कार्यान्वयनको जिम्मेवारी र महामारी व्यवस्थापनको जिम्मेवारी मिलाएर लैजान देउवालाई आग्रह गरेका छन् । 

उनले लेखेका छन्, 'एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ,अर्को तर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ। हामीलाई चुक्ने सुविधा छैन,यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ।
नव नियुक्त प्रम आदरणीय शेर बहादुर देउवालाई हार्दिक शुभकामना !’





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार २१:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया