अमेरिकाको जोन्सन एन्ड जोन्स कम्पनीले उत्पादन गरेको कोभिड खोप लगाएकाहरुमा ‘न्युरोलोजिकल डिसअर्डर’ देखिएको छ ।
यस्तो समस्या देखिएको भन्दै अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडिए)ले सो कम्पनीलाई नयाँ चेतावनी जारी गरेको छ ।
यस खोप लगाएका केही व्यक्तिहरुमा यस्तो न्युरोलोजिकल डिसअर्डर देखिएको भन्दै एफडिएले सचेत गराएको हो ।
खोप लगाएका १ करोड करोड २५ लाखमध्ये झन्डै १ सय जनामा यस्तो सिन्ड्रोम देखिएको एफडिएले जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै एफिएडले कुल बिरामीमध्ये ९५ जना गम्भीर देखिएको र अस्पताल भर्ना गर्नुपरेको साथै एकजनाको मृत्यु भएको जनाएको छ ।
खोप लगाएकै कारणले उनीहरुमा समस्या देखिएको प्रमाण भने नभेटिएको बताइएको छ । एफडिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
‘उपलब्ध प्रमाणले जोन्सन खोप र जिबिएसको बढ्दो खतराको संकेत गरे पनि यी दुईबीचको सम्बन्ध स्थापित गर्न भने यो अपर्याप्त छ ।’
खोप लगाइसकेपछि कमजोरी हुने वा हात–खुट्टामा केही अनुभव नहुने, हिंड्न समस्या हुने, अनुहारको हाउभाउमा समस्या हुने, बोल्न, चपाउन वा निल्न समस्या हुने, कुनै वस्तु दुईवटा देखिनेलगायत समस्या देखिए तत्कालै चिकित्सकलाई देखाउन पनि एफडिएले सुझाव दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।