पाकिस्तानको खैबर पख्तुनख्वामा आतंककारीको हमलामा परी पाकिस्तानी आर्मीका एक क्याप्टनसहित १२ जना जवानको मृत्यु भएको छ । हमलामा परी १५ जना सेना घाइते भएका छन् ।
हमलाको पछाडि प्रतिबन्धित आतंकी संगठन तहरीक-ए-तालिवान पाकिस्तान रहेको बताइएको छ । आतंककारीले केही सेनालाई बन्धक पनि बनाएको दावी गरिएको छ।
आतंकवादीले टेलिकम अप्रेटरलाई बन्धक बनाएपछि उनलाई मुक्त गर्ने अप्रेशनमा हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अपरेसन सफल नहुँदा पाकिस्तानी आर्मीलाई भारी नोक्सान उठाउनुपर्याे ।
पाकिस्तानी सेनाले ३ आतंकवादी मारेकाे दाबी गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।