दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई पछिल्लो साता जेल चलान गरेसँगै भएको हिंस्रक विरोध प्रदर्शनमा अहिलेसम्म कम्तीमा पनि ४५ जनाले ज्यान गुमाइसकेका छन् ।
४५ जनामध्ये १० जनाको सोमबार रात सोवेटोस्थित सपिङ सेन्टरमा लुटपाट गर्ने क्रममा भागदौड मच्चिँदा मृत्यु भएको थियो ।
बितेको बिहीबारबाट दक्षिण अफ्रिकामा विरोध प्रदर्शन सुरु भएको थियो । जुन विरोधले शनिबार आइतबार हिंस्रक रूप लियो । प्रदर्शनकारीले सपिङ मलमा आगो लगाइ अन्य पसल तोडफोड गरेका थिए ।
सरकारले सेनाको सहयोगबाट अहिलेसम्म करिब ८०० मानिसलाई गिरफ्तार गरेको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अहिले भइरहेको हिंसालाई सन् १९९० पछिकै ठूलो हिंसाको रूपमा लिएका छन् ।
सुरक्षाकर्मीको संख्या प्रदर्शनकारीको संख्याभन्दा निकै कम भएकाले स्थिति नियन्त्रणमा लिन गाह्रो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।