महोत्तरीमा सेनाका एक जवानले कन्चटमा गोली हानी गरे आत्महत्या

महोत्तरीमा नेपाली सेनाका एक जवानले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । 

जिल्लाको सदरमुकाम जलेश्वरस्थित रणभीम गणमा कार्यरत रामेछाप जिल्लाको तामाकोशी गाउँपालिका-५ घर भएका २३ वर्षीय सिपाही अम्बिर तामाङले आज (बुधबार) बिहान करिब ६ बजेतिर आफैले गोली हानी आत्महत्या गरेका हुन् ।

तामाङले एक्लै भएको अवस्थामा आफैले बोकेको ५.५ मिनी इन्सास हतियारबाट बायाँ कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

उनले किन आत्महत्या गरे भन्ने बारेमा केही पनि खुलासा भएको छैन । प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।


 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार ९:५०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया