पोर्चुगिज गोलरक्षक रुइ प्याट्रिसियो रोमामा

इंग्लिस क्लब वुल्भ्सका पोर्चुगिज गोलरक्षक रुइ प्याट्रिसियोलाई इटालियन क्लब एएस रोमाले अनुबन्ध गरेको छ । 

रोमाले प्याट्रिसियोलाई ३ वर्षका लागि ९.८ मिलियन पाउन्डमा अनुवन्ध गरेको जनाएको छ । क्लबले जोसे मौरिन्हो मुख्य प्रशिक्षक भएपछि पहिलो अनुबन्धका रूपमा उनलाई लिएको हो । 

३३ वर्षीय प्याट्रिसियो सन् २०१८ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट वुल्भ्स आएका थिए । उनले वुल्भ्सका लागि १३५ र पोर्चुगलका लागि ९७ खेल खेलेका छन् । 

रोमा ठूलो क्लब भएको र क्लबमा नयाँ चुनौतीका लागि आफू तयार रहेको प्याट्रिसियोले बताएका छन् । 

‘माैरिन्हो विश्वकै उत्कृष्ट प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा खेल्न पाउँदा निकै खुसी लागेको छ । क्लबको लक्ष्य प्राप्तिका लागि म आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नेछु, ’ प्याट्रिसियोले अनुबन्धपछि भने ।


 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १०:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया