मार्कस रासफोर्ड २ महिना मैदान बाहिर रहने

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफोर्ड करिब २ महिना मैदान बाहिर रहने भएका छन् । 

काँधमा भएको चोटको शल्यक्रिया गर्नुपर्ने भएकाले रासफोर्ड करिब २ महिना प्रिमियर लिगका खेलमा सहभागी हुने छैनन् ।

रासफोर्डले मंगलबार चोटको स्क्यान गरेपछि शल्यक्रिया गर्ने निर्णय गरेका थिए । तर जुलाईको अन्त्यसम्म डाक्टर उपलब्ध नहुने भएपछि शल्यक्रियामा केही ढिलाइ हुने भएको छ । 

२३ वर्षीय स्ट्राइकर रासफोर्ड युनाइटेडका महत्वपूर्ण खेलाडी हुन् । तर यही सिजन जर्मन क्लब बेरुसिया डर्टमन्डबाट जाडोन साञ्चोलाई भित्र्याएका कारण उनको अभाव महसुस नहुने विश्वास क्लबले लिएको छ । 

रासफोर्डले युनाइटेडका लागि गत सिजन ३७ प्रिमियर लिग खेलमा ११ गोल गरेका थिए । उनले भर्खरै सम्पन्न युरो कपमा भने इंग्ल्यान्डका लागि प्रभावशाली प्रदर्शन गर्न सकेनन् । 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १२:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया