कोरोना खोप बेचबिखन गर्नेलाई कारबाही

कोरोना भाइरसविरुद्धको खोप कसैले किनबेच गरेको पाइएमा कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप किनबेच गरेका पाइए कारबाही गर्ने भएको हो । 

सरकारले लक्षित वर्ग सबैलाई निःशुल्क रूपमा खाप लगाइरहेको छ । अवैध रूपमा बेच्ने र किनेर लगाइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ । 

कोरोनाविरुद्धको खोप कहीँ कतै बेचबिखन भइरहेको थाहा पाएको खण्डमा स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा खबर गर्न समेत सबैमा मन्त्रालयले आग्रह गरेको छ । 

सरकारले खोप आयातका लागि तीन वटा निजी कम्पनीलाई अनुमति दिएको छ । तर, ती कम्पनीले अहिलेसम्म खोप ल्याउन सकेका छैनन् । 

मन्त्रालयले सरकारले नै सबैलाई निःशुल्क खोप दिनेगरी व्यवस्था मिलाएको जनाएको छ । अहिलेसम्म २६ लाख ११ हजारभन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन् । ११ लाखभन्दा बढीले दुवै डोज खोप लगाइसकेका छन् । 

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप किन्नका लागि थप ५ अर्ब बजेटको व्यवस्था गरेका छन् ।





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १२:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया