मेस्सी कहिल्यै पनि म्याराडोना जस्तो हुन सक्दैनन् : मारियो केम्पेस

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सिनियर टोलीका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधिका रुपमा भर्खरै सम्पन्न कोपा अमेरिकाको उपाधि हात पारे । 

मेस्सीले अन्तर्राष्ट्रिय उपाधि हात पार्दै आलोचकहरुको मुख बन्द गर्ने काम गरे पनि अर्जेन्टिनाका लागि सन् १९७८ को फिफा विश्वकप विजेता मारियो केम्पेसले मेस्सी कहिल्यै पनि महान खेलाडी डिएगो म्याराडोना जस्तो बन्न नसक्ने प्रतिक्रिया दिएका छन् ।  

‘मेस्सीले आफूलाई विश्व फुटबलमा एक उत्कृष्ट खेलाडीको रुपमा स्थापित गरेका छन्’ केम्पेसले इएसपिएन मेक्सिकोसँग भने, ‘तर, दुर्भाग्यवस उनलाई म्याराडोनाको स्थानमा राखेर तुलना गरिन थालिएको छ ।’ 

‘यदी साँच्चै मेस्सीले आफूलाई म्याराडोनाभन्दा उत्कृष्ट खेलाडीको रुपमा प्रमाणित गर्न चाहन्छन् भने यत्तिको सफलताले मात्र पुग्दैन । सायद लगातार ४ विश्वकप उपाधि हात पारे पनि ।’

‘मेस्सीले अहिलेसम्म अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन सकेका छैनन्’, केम्पेसले थपे, ‘यसले कुनै महत्व राख्दैन कि मेस्सीले टोली वा व्यक्तिगत रुपमा कति उपाधि हात पारे । यो म्याराडोनाको सफलतासँग तुलना गर्न लायक नै छैन ।’





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १३:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया