अनुहार, जात र झण्डा नचाहिने भन्दै अर्थमन्त्री शर्माले भने, ‘मलाई काम चाहिन्छ’

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफूले कुनैपनि कर्मचारीको अनुहार, जात र झण्डा नहेर्ने तर आफूलाई काम भने चाहिने बताएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री शर्माले आफूले काम मात्रै हेर्ने भएकाले कर्मचारीको जात, अनुहार र उसले बोक्ने झण्डाको कुनै अर्थ नहुने बताए । उनले सबै कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन पनि दिए । 

पदभार ग्रहण गर्ने क्रममा मन्त्री शर्माले कोरोना खोप खरिदका लागि ५ अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । 

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता निकासी गर्ने निर्णयमा पनि शर्माले हस्ताक्षर गरेका छन् । 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १३:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया