स्वास्थ्य मन्त्रालयमा गगन र शशांकको चर्चा

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । हिजो मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका हुन् । 

मन्त्रिमण्डल विस्तारको चर्चा भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पूर्वमन्त्री गगन थापाको चर्चा सुरु भएको छ । कांग्रेस वृत्तमा स्वास्थ्यमा फेरि थापालाई नै मन्त्रीको जिम्मा दिने विषयमा चर्चा भइरहेको छ । 

महाधिवेशनको छेकोमा थापालाई स्वास्थ्यमन्त्री दिएर कृष्णप्रसाद सिटौला समूहलाई रिझाउने प्रयासमा देउवा रहेको कांग्रेसको संस्थापन निकट एक नेताले बताए । तर, महामन्त्री शशांक कोइरालाले पनि स्वास्थ्यमै आँखा लगाएको ती नेताले बताए । 

अहिले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मा गगन अथवा शशांक मध्ये एकलाई दिनेगरी कांग्रेसभित्र आन्तरिक तयारी रहेको बुझिएको छ । यता, शशांकको सहयोगी भरत तिवारीले भने शशांक मन्त्री नबन्ने फरकधारलाई बताएका छन् । 

गगन थापाले पनि आफू मन्त्री नबन्ने र महाधिवेशनको तयारी लाग्ने आफूनिकटलाई बताइरहेको छन् । यदि सिटौला गुटबाट गगन मन्त्री नबनेको अवस्थामा स्वास्थ्यमा भीमसेनदास प्रधानको मन्त्री बन्ने सम्भावना उच्च रहेको कांग्रेस वृत्तमा चर्चा छ । 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १४:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया