यी हुन् विश्व फुटबलमा लामो समयसम्म अपराजित रहने टोली

आइतबार राति इङ्ग्ल्यान्डलाई हराउँदै इटालीले १६ औँ संस्करणको युरो कप उपाधि उचाल्यो । उपाधि हात पारेसँगै इटालीको अपराजित यात्रा ३४ खेलसम्म पुगेको छ ।
 
इटालीले उपाधि उचाल्दा मात्र ४ गोल बेहोर्यो । सन् २०१८ सेप्टेम्बर १० मा युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलसँग १–० ले पराजित भए यता इटालीले हार बेहोरेको छैन । 

रोबर्टो मान्सिनीको प्रशिक्षणमा रहेको इटाली लामो समयसम्म अपराजित रहने कीर्तिमानसँग बराबरी गर्न मात्र १ खेल पछाडि छ । यसअघि, ब्राजिल र स्पेनले मात्र ३५ खेलसम्मको अपराजित यात्रा तय गरेका छन् । 

इटालीले आगामी सेप्टेम्बर ३ मा विश्वकप छनोट अन्तर्गतको खेलमा बुल्गेरियाको सामना गर्दैछ । यदि यो खेलमा उसले जित हात पारे ब्राजिल र स्पेनको कीर्तिमानसँग बराबरी गर्नेछ । 

यी हुन् विश्व फुटबलमा लामो समयसम्म अपराजित रहने टोली
ब्राजिल–३५ खेल (सन्१९९३–१९९६)
स्पेन–३५ खेल (सन्२००७–२००९)
इटाली–३४ खेल (सन्२०१८–हालसम्म )
अर्जेन्टिना–३१ खेल (सन् १९९१–१९९३)
इटाली–३० खेल (सन् १९३५–१९३९)
फ्रान्स–३० खेल (सन् १९९४–१९९६)
अल्जेरिया–२७ खेल (सन् २०१८–हालसम्म)
पश्चिम जर्मनी–२३ खेल (सन् १९७८–१९८१)
फ्रान्स–२३ खेल (सन् २०१०–२०१२) 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १५:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया