कर्णाली प्रदेशसभा बैठक पुनः अवरुद्ध

नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक पुनः अवरुद्ध पारेको छ । बुधबार दिउँसो ३ बजेपछि सुरु भएको बैठक एमालेका सांसदहरुले विरोध गरेपछि स्थगित भएको हो । 

बैठक कार्यसूचीमा प्रवेश नै नगरी एमालेले नियमित रुपमा अवरुद्ध पार्दै आएको छ । बैठकको सुरुमा नै एमाले संसदीय दलका नेता यमलाल कँडेलले एमालेले उठाउँदै आएका मागहरु पूरा नभएसम्म बैठक अघि बढ्न नदिने बताए । 

एमालेले उठाउँदै आएका जायज मागहरु सरकार पक्षबाट बेवास्था भएको भन्दै कँडेलले माग पूरा नभएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने बताए । असार १ गते प्रदेशसभामा प्रदेश सरकारले बजेट प्रस्तुत गरे यता एमालेले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएको छ । 

एमालेले एउटै पार्टी सत्ता पक्ष र प्रतिपक्षमा बस्न नमिल्ने भन्दै बैठक अवरुद्ध पारिरहेको छ । संसदमा फ्लोर क्रस गरेपछि सांसद पदसमेत नरहने गरी कारबाहीमा परेका सांसदहरूलाई सर्वोच्चले पुनर्बहाली गर्ने अन्तरिम आदेश दिएपछि ती सांसदहरूलाई प्रतिपक्षीको सिटमा आएर बस्न एमालेले निर्देशन दिइरहेको छ । 

ती सांसद प्रतिपक्षमा बस्न नमानेपछि संसदीय व्यवस्था अनुसार ती सांसदलाई प्रतिपक्षमा राख्ने गरी बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरिरहेको छ । एमालेको फ्लोर क्रस गरेका माधव नेपाल समूहका चार जना सांसदमध्ये तिन जना मन्त्री भएका छन् । 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १७:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया