चामुण्डाबिन्द्रासैनीको बजेट सर्वसम्मत रूपमा पारित

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट सर्वसम्मत रूपमा पारित भएको छ । नवौं नगरसभाको तेस्रो बैठकले बुधबार सर्वसम्मत रूपमा बजेट पारित गरेको हो । नगरपालिकाले आगामि आर्थिक बर्षका लागि ४५ करोडभन्दा बढी बजेट ल्याएको छ ।

जसमा कृषि शाखालाई १४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ, पशुसेवा शाखा र महिला बालबालिका शाखालाई १५/१५ लाख, स्वास्थ्य शाखालाई ५० लाख र शिक्षा शाखालाई २ करोड ६८ लाख ८८ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

नौवटा वडा रहेको नगरपालिकामा वडा नम्बर एक मा ३२ लाख ८२ हजार, दुई नम्बरमा २४ लाख २७ हजार, तीन नम्बरमा २२ लाख ३६ हजार, चार नम्बरमा २३ लाख ८१ हजार, पाँच नम्बरमा २३ लाख ७३ हजार, ६ नम्बरमा २४ लाख ८ हजार, सात नम्बरमा २३ लाख ३३ हजार, आठ नम्बरमा २२ लाख ६ हजार र ९ नम्बरमा २१ लाख ८० हजार रकम विनियोजन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

सर्वसम्मत रूपमा बजेट पास भएसँगै अब कार्यान्वयनको बाटोमा जाने नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रसँगै कृषि तथा पशुपालन, शिक्षा, यातायात, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १९:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया