जल तथा मौसम विज्ञान विभागले दाङको देउखुरी क्षेत्रमा डुबान हुनसक्ने भन्दै सो क्षेत्रका मानिसलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको हो ।
सूचनामा लेखिएको छ,‘दाङको देउखुरी क्षेत्रमा पछिल्लो तीन घन्टामा भारी वर्षा भएको छ । सो क्षेत्र भइ बहने ससाना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा दिउँसैसम्म सतर्कता अपनाऔँ ।’
यसै गरी विभागले डोटीस्थित खुटिया खोला मुदिभारमा आकस्मिक बहाव भई जलसतहले खतरा तह पार गरेकाले तटीय क्षेत्रहरूमा दिउँसो सम्म सतर्कता अपनाउन पनि आग्रह गरेकाे छ ।
असार ३१ बिहान ७ बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 15, 2021
दाङ्गको देउखुरी क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने स साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरूमा दिउँसो सम्मै सतर्कता अपनाऔं।
जल तथा मौसम विज्ञान विभाग pic.twitter.com/LJYFgbJrhI
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।