जनमोर्चाले देउवालाई विश्वासको मत दिने, मन्त्री दाबी नगर्ने

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रिय जनमोर्चाले संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्रीमा नियुक्त देउवाले २७ साउनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ ।

यसअघि बनेको पाँच दलीय गठबन्धनमा पनि सहभागी भएको जनमोर्चाले विश्वासको मत दिए पनि सरकारमा आफ्नो सहभागिता नजनाउने निर्णय गरेको हो । 

जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेलले फरकधारलाई आफूहरुले सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने र बाहिर रहेर सरकारका काममा सहयोग गर्ने निर्णय गरेको जानकारी दिइन् ।

‘सरकारमा सहभागी नभए पनि हामी बाहिर रहेर सरकारका कामहरुअनुसार समर्थन गर्छौँ, विरोध गर्छौँ,’ उनले भनिन्, ‘सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने निर्णय हामीले गरेका छौँ ।’ बुधबार पार्टीको बैठकले यस्तो निर्णय गरेको भन्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति पनि सार्वजनिक गरेका छन् ।





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार ८:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया