रियल मड्रिडलाई ३०० मिलियन युरो घाटा

स्पेनिस क्लब रियल मड्रिडले पछिल्लो एक वर्षमा ३०० मिलियन युरो घाटा व्यहोरेको छ । 

क्लबले निकालेको सन् २०२० मार्चदेखि २०२१ मार्चसम्मको आर्थिक प्रतिवेदनमा ३०० मिलियन युरो घाटा भएको देखिएको हो ।

कोरोना महामारीका कारण रियलले आफ्नो मुख्य मैदान सान्टियागो बर्नाबेउ बन्द गरेर प्रशिक्षण स्थलमा लिग खेलेको थियो । 

सन् २०२१ मार्च ३० को प्रतिवेदनमा रियलको ब्यालेन्स १२२.१ मिलियन युरो देखिएको छ । अघिल्लो वर्षको मार्चमा यो रकम १२५.३ मिलियन युरो थियो । 

रियलले अहिले आफ्नो मुख्य मैदान सान्टियागो बर्नाबेउ पुनर्निर्माण गरिरहेको छ । जसमा ३००.७५ मिलियन युरो खर्च हुने अनुमान गरिएको छ । 

रियलको हालको ब्यालेन्स ५३४ मिलियन युरो छ । उसले कारोना महामारीका काण उत्पन्न आर्थिक समस्यालाई सन्तुलित बनाउन खेलाडी तथा कर्मचारीको तलब कटौती गर्ने, ऋण लिनेजस्ता उपायहरु अपनाइ रहेको छ । 



 



  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १३:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया