प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

प्रदेश २ लोक सेवा आयोगले ठूलो संख्यामा विज्ञापन आह्वान गरेको छ । प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन आह्वान गरेको हो।

अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक र अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक र अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन आह्वान गरिएको छ।

यसैगरी खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि समेत विज्ञापन आह्वान गरिएको छ।

त्यस्तै खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहका लागि पनि विज्ञापन गरिएको छ । अधिकृत सातौं तहमा बढुवाका लागि ४२ तथा खुला, समावेशी र अन्तर सेवा प्रतियोगिताबाट पदपूर्ति गर्न ८१ जनाका लागि विज्ञापन खोलिएको छ ।

त्यस्तै, बढुवामार्फत् पदपूर्ति गर्न एघारौं तहमा ५ जना र नवौं तहमा ६६ जनाका लागि विज्ञापन आह्वान गरिएको छ । 

दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्मका लागि मिति तोकिएको छ । परीक्षाको मिति पछि प्रकाशित गरिने बताइएको छ ।



आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको यो तेस्रो पटक हो । यसअघि गत फागुनमा सातौं तहको इन्जिनियरिङ र जेठको अन्तिम साता नवौं तहको विज्ञापन खोलिएको थियो ।



  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १६:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया