बाबुराम भन्छन्, ‘ओली प्रवृत्ति र हिटलरी नाजीवाद एकै’

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति र हिटलरी नाजीवाद एकै प्रकारको भएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रधानमन्त्री पदबाट हटेपछि बालुवाटारबाट बालकोट फर्कने क्रममा केपी शर्मा ओलीको बहिर्गमन र्‍यालीमाथि व्यङ्ग्य गर्दै उनको शैलीलाई नाजीवादसँग दाँजेका हुन् । 

भट्टराई लेख्छन्, खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ ! ओलीको बहिर्गमन पछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ !

भट्टराईले आफू मात्रै जान्ने भन्ने ओलीप्रवृत्ति र हिट्लरी नाजीवाद÷फासीवाद उस्तै भएको बताए । उनले लेखेका छन्, 'आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो !'

 





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार ११:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया