भारतीय अभिनेत्री सुरेखा सिकरीको निधन

भारतकी प्रसिद्ध अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ ।

आज(शुक्रबार) बिहान ७५ वर्षको उमेरमा उनको हृदयघातबाट निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिकरी केही महिनादेखि बिरामी थिइन् । गत साल उनलाई मस्तिष्कघात पनि भएको थियो ।

तीन पटक राष्ट्रिय पुरस्कार जितेकी सिकरीले सन् १९७८ मा ‘कुर्सी से अपने’ फिल्मबाट करिअरको सुरुवात गरेकी थिइन् ।

‘तमस’, ‘मम्मो’ र ‘और बधाई हो’ फिल्ममा उनले सहायक अभिनेत्रीको विधामा राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् ।





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १२:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया