निजी आवासमा पुनर्निर्माणमा ९० प्रतिशत वित्तीय प्रगति

भूकम्पबाट क्षतिग्रस्त ९० प्रतिशत निजी निवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको तथ्याङ्कअनुसार निजी आवास पुनर्निर्माण ९० प्रतिशत सकिएको हो । 

हिजो देखि सकिएको आर्थिक वर्ष २०७७/७८ सम्ममा निजी आवास पुनर्निर्माण ९० प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ । हिजो बिहीबारसम्म निजी आवास पुनर्निर्माणमा ८ लाख २९ हजार ६१२ लाभग्राही मध्ये ८ लाख २८ हजार ७५२ (९९.८९ प्रतिशत) ले पहिलो किस्ता वापतको रकम लिएका छन् ।

अनुदान सम्झौता गरेकामध्ये ८६० लाभग्राहीले मात्र पहिलो किस्ता लिन बाँकी छ । दोस्रो किस्ता लिने घरधुरी ७ लाख ४१ हजार ९९५ छन् जुन अनुदान सम्झौता गरेकामध्ये ८९.४३ प्रतिशत हो । यस्तै, ६ लाख ८९ हजार ५४७ ले तेस्रो किस्ता लिएका छन् ।


अनुदान सम्झौता गरेका कूल लाभग्राही मध्ये आवास पुनर्निर्माण सम्पन्न गरेका र पुनर्निर्माण गर्दै रहेका लाभग्राहीहरु ७ लाख ५७ हजार ५८१ छन् । जुन समग्रमा ९१.३२ प्रतिशत हो ।

प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा निजी आवासतर्फ विनियोजित कूल बजेट २३ अर्ब ८५ करोडमध्ये २१ अर्ब ५६ करोड अर्थात् ९०.४१ प्रतिशत रकम खर्च गरेको छ । त्यस्तै, समग्र पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ६९ अर्ब ३३ करोडमध्ये ५३ अर्ब खर्च भएको छ । जसअनुरुप आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणले समग्र पुनर्निर्माण कार्यमा ७६.४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १३:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया