अर्थमन्त्री शर्मा भन्छन्, ‘अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र ल्याउँछौँ’
फरकधार / १ साउन, २०७८

अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका छन् । अहिलेको अर्थतन्त्रको वास्तविक अवस्था देखाउने गरी आफूले श्वेतपत्र सार्वजनिक गर्ने मन्त्री शर्माले बताए । 

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आफूले श्वेतपत्र ल्याउने बताएका हुन् । उनले श्वेतपत्रमा अर्थतन्त्रको वास्तविक अवस्था देखाउने बताए । 

अहिलेको अर्थतन्त्रको अवस्था र अबको आफ्नो दृष्टिकोण पनि श्वेतपत्रमा आउने मन्त्री शर्माले बताए । उनले आफ्नो आगामी भिजन पनि श्वेतपत्र समेट्ने बताए । 





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १५:३७:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया