धनुषामा एकै परिवारका दुई बच्चाको नदीमा डुबेर मृत्यु

धनुषामा एकै परिवारका दुई बच्चाको नदीमा डुबेर मृत्यु भएको छ । 

डुबेर मृत्यु हुनेहरूमा जिल्लाको धनौजी गाउँपालिका-५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका ६ वर्षीय छोरा आशिक रहेका छन् । 

दुबै बालक धान रोप्न आमाबुवासँगै खेतमा गएका थिए । सोही क्रममा खेत नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार ६:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया