पहिलो टि-२० मा पाकिस्तान विजयी

घरेलु टोली इंग्ल्यान्डविरुद्ध ३ खेलको टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तान विजयी भएको छ । उसले शुक्रबार भएको खेलमा ३१ रनको जित हात पारेको हो।

पाकिस्तानले दिएको २३३ रनको बलियो लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १९.२ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लिम लिभिङ्गस्टोनले शतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले राम्रो साथ नदिँदा त्यो जितका लागि पर्याप्त बन्न सकेन ।​

लिभिङ्गस्टोनले ४३ बलमा ६ चौका र ९ छक्काको मद्दतले १०३ रन प्रहार गरे । जेसन रोयले ३२, कप्तान इयान मोर्गान र डेविड विलीले समान १६-१६ रनको योगदान दिए ।

पाकिस्तानका शहिन अफ्रिदी र शादब खानले समान ३-३, हरिस राउफ, मोहम्मद हसनैन र इमाद वसिमले समान १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले कप्तान बाबर आजम र मोहम्मद रिजवानको उत्कृष्ट प्रदर्शनको मद्दतले निर्धारित २० ओेभरमा ६ विकेट गुमाउँदै २३२ रनको बलियो योगफल तयार पारेको थियो । 



आजमले ४९ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतमा ८५ रन प्रहार गर्दा ६३ रन जोडेका रिजवानले ४१ बलमा ८ चौका र १ छक्का प्रहार गरे । 

फखर जमानले २६ र मोहम्मद हाफिजले २४ रनको योगदान दिए ।



इंग्ल्यान्डका लागि टम करनले २, डेविड विली, साकिब महम्मद र लेविस ग्रेगोरीले समान १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

जितसँगै पाकिस्तानले सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल जुलाई १८ मा हुनेछ । 

 
 

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार ८:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया