आज कुन-कुन नदीमा बाढी आउन सक्छ ?

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र सहायक नदीमा बहाब सामान्य रहेको तथा सबैमा सतर्कता तहभन्दा तलै रहेको छ । 

महाकाली, कर्णाली र यिनका सहायक नदीमा भेरी, सेती तथा नारायणी र कोशीका सहायक नदीहरु कालीगण्डकी, मर्स्याङदी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी लगायतका नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाव सामान्य घटबढ हुनेछ । 

तिनाउ, पश्चिम राप्ती, बबई जलाधारका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्ने सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना :


 
 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार ८:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया