प्रदेश-२ मा आज यी दुई मन्त्री नियुक्त हुँदै

प्रदेश-२ मा आज (शनिबार) दुई मन्त्री नियुक्त हुँदैछन् । माओवादी केन्द्रको सिफारिसमा भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवी कर्णलाई आज राज्यमन्त्रीमा नियुक्त गरिने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

साह माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता हुन् ।

जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र यादव समूहका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहले मुख्यमन्त्री लालबाबु राउतसमक्ष राजीनामा बुझाएका छन् । 

दुवैले माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीको कार्यालय अनुसार आज दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार ९:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया