सत्तारुढ दल नेपाली कांग्रेसमा महाधिवेशनको रौनक बढिरहेको समयमा सभापतिका आकांक्षी नेताहरु महामन्त्री शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले लन्च मिटिङ गरेका छन् ।
शशांक निवास महाराजगञ्जमा तीन कोइराला नेताहरुको भेट भएको हो । बिहानको खानासहितको बैठकमा नेताहरुबीच सहमति गरेर कोइराला परिवारबाट सर्वसम्मतिमा एकल उम्मेदवारी दिने विषयमा छलफल भएको शशांक निकट स्रोतले जनाएको छ ।
१४ औँ महाधिवेशन नजिकिँदै जाँदा तीनै नेताले आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएका छन् । आजको बैठकमा भने तीन नेताबीच कोइराला परिवारबाट एकजना मात्रै सभापतिको उम्मेदवार बन्ने सहमति भएको स्रोतले बताएका छ ।
बैठकमा तीन नेताबीच अहिले देखिएको क्रियाशील सदस्यता विवाद तथा अबको रणनीतिका विषयमा गम्भीर छलफल भएको थियो । उनीहरुबीच सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारमा सामेल गराउने मन्त्रीहरुको विषयमा पनि छलफल भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।