गगनलाई काठमाडौंका मेयरको प्रश्न : भीमसेनदास र सुजातालाई सरकारले पैसा खर्च गर्दा किन नबोलेको ?

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका नेता गगन थापा आफ्नो पार्टीको सरकार आएपछि लुकेर बसेको आरोप लगाएका छन् । 

नेपाल खेलकुद महासंघद्वारा काठमाडौंमा आयोजित जिल्ला कमिटी गठन भेलामा बोल्दै मेयर शाक्यले अघिल्लो सरकारका पालामा गनगन गरिरहने व्यक्ति अहिले कुन कुनामा लुकेर बसेका छन् ? भनेर प्रश्न गरेका हुन् ।

अघिल्लो सरकाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गर्दा गगनले गनगन गरेको तर कांग्रेसका भीमसेनदास प्रधान र सुजता कोइरालालाई सरकारले पैसा खर्च गर्दा नबोलेको भन्दै उनीप्रति प्रश्न उठाएका हुन् । 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १७:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया