मकवानपुरमा नौ किलो गाँजासहित दुई किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ झ्याङनेका १४ वर्षीय र १४ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको गस्ती टोलीले कैलाश गाउँपालिका-९ नामटारमा दुवै जनालाई गाँजासहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार दुवै जना शंकास्पद अवस्थामा हिँडिरहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।