कञ्चनपुरमा मृतावस्थामा एक साधु भेटिएका छन् ।
जिल्लाको वेदकोट नगरपालिका-४ स्थित पर्यटकीय क्षेत्र लिंगामा बस्दै आएका करिब ७५ वर्षीय साधु किसन नाथ मृत अवस्थामा फेला परेका हुन् ।
उनलाई मृतावस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको के कति कारणले मृत्यु भयो, यस बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार शरीरको बाह्य भागमा कुनै पनि चोट लागेको छैन ।
उनी विगत चार वर्षदेखि लिंगामा बस्दै आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।