आज कुन-कुन खोलामा बाढी आउनसक्छ ?

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र सहायक नदीमा बहाब सामान्य रहेको छ ।

महाकाली, कर्णाली र यिनका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्ने तथा नारायणी र कोशीका सहायक नदी कालीगण्डकी, मस्र्याङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी लगायतका नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतका बहाव सामान्य घटबढ हुनेछ।

दाङ, बाँके, बर्दिया, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कन्चनपुर जिल्ला भइ बहने नदीमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्ने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाको सूचना :





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १०:३६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया