विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो ओलम्पिक । कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको प्रतियोगितामा अझै पनि कोरोनाको खतरा टरेको छैन।
प्रतियोगिता सुरु हुन मात्र ५ दिन बाँकी रहँदा ओलम्पिक भिलेजमै रहेका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ओलम्पिक आयोजक कमिटीले आइतबार २ खेलाडीमा कोरोना पुष्टि भएको बताए पनि ती खेलाडीको परिचय भने गोप्य राखेको र ती खेलाडी जापान बाहिरका भएको अमेरिकन न्युज एजेन्सी एपीले जनाएको छ ।
प्रतियोगिता नजिकिँदै गर्दा ओलम्पिक भिलेजभित्रै कोरोना पुष्टि हुनुले त्रास बढाएको छ ।
यसअघि भिलेज भित्रैका एक पदाधिकारीमा पनि कोरोना पुष्टि भएको थियो । ओलम्पिक जुलाई २३ देखि अक्टोबर ८ सम्म जापानको टोकियो सहरमा हुने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।