खोप खरिदलाई चुस्त रुपमा अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेर बहादुर देउवाले खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन निर्देशन दिएका छन् । सरोकारवालाहरूलाई बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन् ।

देउवाले स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विज्ञहरु, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखा प्रमुख लगायतलाई बोलाएर खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहज रूपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । 

कोरोनाको तेस्रो लहरको लागि पूर्व तयारी गर्न समेत प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका हुन् । 

सीमा नाकाहरूमा होल्डिङ सेन्टर बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आइसियूको प्रबन्ध गर्न समेत निर्देशन दिएका हुन् ।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १३:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया