भीम रावलले संसदबाट राजीनामा दिनु प्रशंसनीय काम : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भीम रावलले राजीनामा दिनु  प्रशंसनीय कदम भएको बताएका छन् । 

विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजीनामा दिएर उनले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको थापाले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा रावलको अडान प्रशंसनीय रहेको थापाले बताए । 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने भएपछि एमाले नेता रावलले संसद पदबाट राजीनामा घोषणा गरेका छन् । 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १७:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया