जसपा विवादबारे इजलासको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवादबारे इजलासको सुनुवाइ ‘हेर्दाहेर्दै’मा सकिएको छ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले आइतबार बिहान ११ बजेदेखि इजलास सुरु गरेको थियो । 

इजलासमा निवेदक पक्षका कानुन व्यवसायी र जवाफ प्रस्तुतकर्ता पक्षले दुई घण्टासम्म आ–आफ्ना तर्क राखेका थिए । 

आयोगले सक्कली प्रमाण झिकेपछि मात्रै अरु कुरा अघि बढ्ने सहमति गर्दै सो माग हेर्दाहेर्दैमा राखिएको हो ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिन जसपाका दुवै पक्ष सहमत भएपछि जसपाभित्रको विवाद पनि साम्य हुन सक्ने आकलन गरिएको छ । 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १८:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया