लोकतन्त्र आज विजयी भएको छ, संसदले अदालतलाई बधाई दिनुपर्छः मीनेन्द्र रिजाल
फरकधार / ३ साउन, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि संसदमा बोल्दै नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा एमाले नेताहरुको अहंकार कारण यो अवस्था आएको बताएका छन् ।



उनले पूर्वप्रधानमन्त्री तथा एमालेका नेताहरुको नाम नलिएरै उनीहरुको कडा आलोचना गरेका छन् ।

‘सत्तामा आफूसँग बस्नेहरुसँगको सम्मानको भाग हुनेछ भन्ने हामीले देखाउनेछौँ,’ उनले भने, ‘विपी कोइरालाको पार्टीका मानिसहरु हौँ हामी ।’

उनले अदालतले सधैं न्याय दिइरहेको र अदालतको विशिष्टतालाई सम्मान गर्नु पर्ने बताएका छन् ।



उनले अहिलेको संविधान विशिष्ट भएको र अदालतले समस्या भएका समयमा राम्रो काम गर्दै आएको पनि बताएका छन् । उनले अब हिजोका समस्याहरु फेरि नेपालीले भोग्न नपर्ने पनि बताएका छन् ।

  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १९:३:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया