विश्वासको मत पाएको तीन मिनेटमै देउवालाई मोदीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । 

देउवाले प्रधानमन्त्रीम विश्वासको मत पाएको तीन मिनेटमै मोदीले उनलाई बधाई दिएका हुन् । 

यसअघि भारतीय राजदूत विनयमोहन क्वात्राले देउवालाई भेटेर बधाई दिएका थिए । सो भेटले राजनीतिक वृत्तमा आलोचना पाएको थियो ।  

यसअघि प्रधानमन्त्री नियुक्त भएलगत्तै छिमेकी देशका प्रधानमन्त्रीले बधाई दिने गरे पनि यसपटक मोदीले बधाई दिएका थिएनन् । 

आइतबार प्रतिनिधिसभाबाट १६५ मतका साथ विश्वासको मत पाएपछि मोदीले बधाई दिएका हुन् । 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार २२:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया