निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचनात्मक विचार राख्दै आएका डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत पाएपछि ट्विटरमा एक प्रतिक्रिया लेखेका छन् ।
उनले ट्विटरमा अन्ततः भष्मासुरलाई बिदा गरिएको उल्लेख गरेका छन् । उनले योसँगै संसदको पूर्ण कार्यकालको पनि सुनिश्चितता गरिएको ट्विटरमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीमा देउवाले विश्वासको मत पाएसँगै उनले लेखेको ट्विटमा नेकपाको दुई तिहाइ बहुमत अब कांग्रेस गठबन्धनमा सरेको पनि उल्लेख गरेका छन् ।
‘१२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरुको टुटेको कडी जोडियो,’ उनले लेखेका छन्, ‘पर्दा पछाडिका खेलाडीहरुको खेलमा तत्काल विराम लाग्यो ।’
अन्तत:भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो!नेकपाको२/३बहुमत कांग्रेस गठबन्धनमा सर्यो!१२-बुॅदे समझदारी र शान्तिसम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो।पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो।तर नबिर्सौं: Eternal vigilance is the price of liberty!
— Baburam Bhattarai (@brb1954) July 18, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।