नेपाली कांग्रेसका सांसद गगन थापाले अबदेखि बालुवाटारमा पार्टीकाे कुनै पनि बैठक नबस्ने जानकारी दिएका छन् ।
थापाले फेसबुकमा पाेस्ट गर्दै यस्ताे जानकारी दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ । उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न'भन्ने विश्वास दिलाउनु भएको छ।’
गगनले अन्त्यमा थपेका छन्,‘प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।