इंग्ल्यान्डको जितसँगै टि-२० सिरिज बराबरीमा

पाकिस्तानविरुद्ध ३ खेलको टि-२० सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ । उसले आइतबार भएको खेलमा ४५ रनको जित हात पारेको हो । 

इंग्ल्यान्डको यो जितसँगै सिरिज रोमाञ्चक मोडमा पुगेको छ । अब विजेताको टुङ्गो तेस्रो तथा अन्तिम खेलबाट लाग्ने छ ।

इंग्ल्यान्डले दिएको २०१ रनको बलियो लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो । 

पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३७ रन जोडे ।

शादव खानले अविजित ३६ रनको योगदान दिँदा कप्तान बाबर आजमले २२ रन बनाए । 

इंग्ल्यान्डका साकिब महम्मदले ३, मोइन अली र आदिल रशिदले समान २-२ विकेट लिँदा टम करन र म्याथ्यु पार्किनसनले १-१ विकेट हात पारे ।  



यसअघि लिड्समा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०० रनको बलियो योगफल तयार पारेको थियो ।

उसका लागि कप्तान जोस बट्लरले अर्धशतकिय पारी खेले । ३९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का सहित ५९ रन प्रहार गरे ।



लिम लिभिङ्गस्टोनले ३८ र मोइन अलीले ३६ रनको योगदान दिए ।

पाकिस्तानका मोहम्मद हसनैनले ३, हारिस रउफ र इमाद वासिमले समान २-२ लिँदा शहिन अफ्रिदी र शादब खानले १-१ विकेट हात पारे । १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

इंग्ल्यान्डको जितसँगै सिरिज १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाकिस्तान ३१ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल जुलाइ २० मा हुनेछ । 


 

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ९:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया