मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको हेटौँडा उपमहानगरपालिका-३ बसामाडी लेवटमा ना २२ प ६७७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटो पार गर्दै गरेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका उक्त पुरुषको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मृतकको सनाखत हुन सकेको छैन । प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
 





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ९:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया