पार्टी एकताको प्रयत्न कायमै छ, सफलता पाउँछौँ : गोकर्ण विष्ट

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले पार्टीलाई एकतावद्ध गर्न निरन्तर प्रयत्न जारी रहेको बताएका छन् । विष्टले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

विष्टले अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि आफूहरुको प्रयत्न कायमै रहने बताएका छन् । उनले यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाउनका लागि सबैलाई आग्रह गरेका छन् । 

पार्टी पंक्तिले एकता चाहेको भन्दै विष्टले भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने आफूहरुको दृढ प्रयत्‍नले अवश्य पनि सफलता पाउने विश्वास व्यक्त गरे । 

 





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ११:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया